Message From Principal

चेतन थपलिया
प्रिन्सिपल
ललितपुर माध्यमिक विद्यालय

विद्या ददाति विनयं विनयाद याति पात्रताम् । पात्रत्वात् धनमाप्नोति धनात् धर्म ततः सुखम् ॥

यसको अर्थ विद्याले विनम्रता दिन्छ, विनम्रताले योग्यता वा सत्पात्रता जन्माउँछ । योग्यताबाट धन प्राप्त हुन्छ, धनबाट धर्मप्राप्त हुन्छ, धर्मबाट सुख प्राप्ति हुन्छ ।

मैले यो संस्कृत भाषिक श्लोकको सान्दर्भिकता किन राख्न उचित ठानें भने प्राचीनकालदेखि नै विद्या वा ज्ञानलाई जीवन जीउन चाहिने सम्पूर्ण कुरा प्राप्तिको मूलस्रोत मानिँदै आएको रहेछ भने अहिलेको आधुनिक युगमा त यसको महत्त्व अझ बढी भएकोले उक्त पङतिको अर्थसहित यहाँ साभार गरेको छु ।

विद्यालय भनेको ज्ञान वा विद्या प्राप्त गर्ने मूल थलो हो । यसको परिभाषा अति फराकिलो छ । त्यसैले ज्ञान वा विद्याको महत्त्वको विषयमा व्यक्त गरिने जुनसुकै लेख वा रचनाले हामी शिक्षाकै क्षेत्रमा लामो समयसम्म समय व्यतित गरेका शिक्षकहरुको मन त तान्ने नै भयो । ज्ञान वा शिक्षाको अन्तिम लक्ष्य भनेको खुसी जीवन जीउन सिकाउनु हो । त्यसैले हरेक मानिसहरुको लक्ष्य पनि त्यही हो । यसको लागि हाम्रो विद्यालयले विद्यार्थीहरुमा रहेको ज्ञानको सुसुप्त भण्डारलाई उजागर गराउन उनीहरुको इच्छा र चाहना अनुसार उचित शिक्षण विधिद्वारा सिकाइलाई प्रभावकारी बनाउन योजना अनुरूप अगाडि बढिरहेको छ । अहिलेका बालबालिकाहरु अनुभवमा शिक्षकहरुभन्दा कमी भएता पनि प्रविधिमा उनीहरुको रुचि अधिक छ । आफूलाई रुचिकर विषयवस्तु छिट्टै सिक्दछन् । त्यसैले विद्यालय सिकाइमा पनि उत्प्रेरणा जगाउने खालको विधियुक्त क्रियाकलापमा बढी जोड दिनु पर्दछ । प्रविधिलाई विषयवस्तुसँग जोडी दैनिक जीवनयापनमा यसले दिने फाइदा र बेफाइदा दुबैबारे उनीहरूलाई महसुस गराउने खालको उदाहरण प्रस्तुत गर्नुपर्दछ । जसले गर्दा जीवनयापनलाई सहज र सजिलो बनाउन प्रविधिले मात्र होइन प्रकृति र संस्कृतिले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ भन्ने कुराको विश्वास सिक्ने, सिकाउने र सिकाउन पठाउने सबैजनाले गर्नेछन् । यस्ता खाले ज्ञान र सीप प्राप्त गर्न विद्यार्थी जीवनमा विभिन्न शैक्षिक क्रियाकलापद्वारा सामाजिक तथा सामूहिक कार्यमा घुलमिल गराएर विभिन्न सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक ठाउँहरुको भ्रमण गराएर सकिन्छ । जुनकुरा विद्यालयले तदाख्पका साथ गर्दै आइरहेको छ ।

विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि मानसिक तथा शारीरिक विकास दुबै सबल हुनुपर्दछ भन्नेमा हाम्रो विद्यालय दृढ छ । त्यसैले हाम्रो विद्यालयले वर्षेनी नयाँ नयाँ कार्यक्रमलाई थपेर सफल सञ्चालन गरिरहेको छ । कुनै पनि शैक्षिक हब भन्नाले ठुलाठुला भवन, भौतिक पूर्वाधारले मात्र पूरा हुने भए शहर बजारका केही र गाउँघरमा बनेका प्रायः सबैजसो विद्यालयहरु विद्यार्थीहरुको आकर्षित केन्द्र हुन्थे । तर त्यसको लागि त दीर्घकालीन योजना, असल सोच, लगनशीलता, आपसी मेलमिलाप जस्ता कार्ययोजना चाहिने रहेछ । यस मानेमा हाम्रो विद्यालय अब्बल दर्जामा रहेको छ भन्ने कुराको प्रमाणलाई हामीले यस वर्षमा सफल रूपमा सम्पन्न गरेका सबै क्रियाकलापहरुले पुष्टि गरिसकेको छ ।

म यस विद्यालयमा लामो समयसम्म विषय शिक्षकको रूपमा रहँदै अहिले यो प्रशासनिक पदको गहुँगो भारी बोक्न आएको पनि ३ वर्ष पूरा भइसकेको छ । यही समयबीच विभिन्न आरोह अवरोहहरुलाई चिर्दे यस अवस्थामा ल्याइ पुयाउन सल्लाह, सुझाव र सहयोग गर्नु हुने मेरा सहकर्मी मित्रहरु, विद्यार्थी भाइबहिनीहरु, पूर्व विद्यार्थीहरु, अभिभावकज्यूहरु लगायत सम्पूर्ण शुभेच्छुक तथा शुभचिन्तकहरुबाट आगामीदिनहरुमा पनि अझ बढी माया र सद्भावको अपेक्षा गर्दछु । विद्यालयको वार्षिक पत्रिका शाशले विद्यार्थी भाइबहिनीहरुको ज्ञान र सीपलाई लेखनमार्फत् पाठक सामू पुयाउन खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दछु । तसर्थ यसको प्रकाशनमा सहयोग पुयाउनु हुने विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका, रचनाकार, सम्पादक मण्डल, मुद्रणालय, विज्ञापनदातालगायत सम्पूर्ण शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, यस वर्ष एस.ई.ई. र आधारभूत तह परीक्षामा सम्मिलित हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई उच्च सफलता मिलोस् भन्दै आगामी नव वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।